काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना कार्यकर्ताका लागि शुक्रबार जारी गरेको आचारसंहितामा शारीरिक सम्बन्धको विषय पनि उल्लेख गरेको छ । १३ वटा बुँदामा जारी गरेको आचारसंहितामा विवाहत्तर शारीरिक सम्बन्ध राख्न नहुने बताएको छ ।
आचारसंहिताको बुँदा नम्बर ७ मा ‘नैतिकता’ शीर्षक राखिएको छ, जसमा विवाहअगाडिको शारीरिक सम्बन्धलाई अनैतिक ठहर गरिएको छ ।
‘परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…