Bagmati Samachar Logo

हमासले सार्वजनिक गर्‍यो शनिबार रिहा हुने ६ जना बन्धकको नाम, परेनन् विपिन

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा सिटीमा शनिबार मुक्त हुने छ जना बन्धकको नाम सार्वजनिक गरेको छ । शनिबार प्यालेस्टाइनीले छोड्नेमा
एलिया कोहेन, ओमेर शेम टोव, ओमेर वेन्कर्ट, ताल शोहम, अवेरा मंगिस्टु र हिशाम अल सयेदको नाम गरेका इजरायली नागरिक हुन् ।

७ अक्टुबर सन् २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो, जसमा नेपाली विद्यार्थी विपिन जोशी पनि परेका थिए ।

तर, रिहा हुनेहरूको सूचीमा उनको नाम अहिलेसम्म अटाएको छैन । नेपालले कूटनीतिक पहल भने जारी राखेको छ । उनको अवस्था अझै अज्ञात छ ।