Bagmati Samachar Logo

ट्रम्पपछि ओलीविरुद्ध बालेनको कटाक्षस् प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कटाक्ष गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका हुन्।

उनले लेखेका छन्, प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले करप्ट (भ्रष्ट) भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’

यसअघि बिहीबार राति मेयर बालेनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध स्टाटस लेखेका थिए।

जसमा उनले अमेरिका अल्छीहरूको देश भएको टिप्पणी गर्दै डीभी बन्द गर्न आग्रह गरेका थिए।