Bagmati Samachar Logo

आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ

काठमाडौं । काठमाडौंमा आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका भारतीय नागरिक मुकेश महादेव चाँगु हुन् । उनको घर भारतको महाराष्ट्र राज्य हो । ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ बस्दै आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनीबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ । उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको छ ।

विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीको भनाइ छ ।