Bagmati Samachar Logo

प्रभु साहको निम्तो नआउँदैमा भारत जान्छु किन भनेको भन्ने प्रश्नमा रिसाए प्रधानमन्त्री

काठमाडौं । आइतबार प्रनिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । अन्तिममा प्रश्न गर्ने सांसद थिए प्रभु साह । उनको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओली रिसाए ।
सांसद साहले भारत भ्रमणमा जान्छु भनेको प्रधानमन्त्रीको भ्रमण कहिले हुने ?, निम्तो नआउँदैमा जान्छु किन भनेको र यसले देशको प्रतिष्ठामा आँच आउँदैन भनी प्रश्न गरेका थिए ।
सांसद साहले , ‘नेपाली नागरिकता त्याग्नेको संख्या कति छ, उनीहरूको सम्पत्ति के छ ?, अवैध सम्पत्तिलाई स्वदेश ल्याउने योजना के छ ? विदेशमा कमाएको पैसा खुलेआम कालोधनसँग साटिरहँदा सरकरा किन मुक दर्शक ? युवालाई पठाइरहँदा प्रधानमन्त्रीलाई लाभ कति भयो ?’ जस्ता प्रश्न सोधेका थिए ।
त्यस्तै सांसद साहले ‘अध्यादेश पारित गर्ने बहुमत नहुँदा विचलितमा परेको महसुस हुँदैन ? सहयात्रामा रहेका दलहरू नै अध्यादेश अस्वीस्कार गर्ने कुन नैतिकताले पदमा बस्नुहुन्छ ?,’ भन्ने प्रश्न गरेका थिए ।
‘संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा, तपाईंलाई के लाभ भयो विदेश युवा पठाएर जस्ता भाषा रु म म्यानपावर कम्पनीको मान्छे हो रु,’ प्रधानमन्त्रीले साहको जवाफमा भने । प्रधानमन्त्रीको भनाइमा सत्तापक्षका सांसदले टेबल ठोके ।

‘म सरकारमा आएपछि आठ महिनाबाट सुरु भएको हो रु तपाईंले भनेको ७० लाख आठ महिनामा गएका हुन् रु,’ प्रधानामन्त्रीले भने । प्रधानमन्त्रीको भनाइपछि सत्तापक्षका सांसदले फेरि टेबल ठोके ।

यहीबीचमा सांसद साह उठेर प्रशन गर्न थाले उनलाई सभामुखले रोके । पहिले नै आदेश जारी गरिसकेको र दोहोर बहस छलफल हुँदैन भन्ने बताएको स्मरण गराए । त्यसपछि प्रधानमन्त्री ओलीले जवाफ नै नदिइ हिँडे । ‘माननीय ज्यू ले राख्नु भएको प्रश्नको जवाफ खासै दिइरहन जरुरी छैन । आफैँ उत्तर बोकेर आउनु भएको छ, प्रश्नमा मैले धेरै उत्तर दिइरहन परेन यहाँलाई धन्यवाद,’ प्रधानमन्त्रीले भने ।