Bagmati Samachar Logo

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइए

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

उद्घाटनका क्रममा उडाउन लागिएको बेलुन पड्केपछि मेयर आचार्यको गालामा चोट लागेको छ। उनलाई तत्काल उनलाई उपचारको लागि पोखराको फिस्टेल अस्पताल लगिएको थियो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।

अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो।

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रम पोखरा, ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा चलिरहेको छ।

अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।