ठमेलमा प्रहरी कुट्ने एमाले अखिल नेता पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि जाँड रक्सि खाएर निर्घात रुपमा कुट्न सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्रा परेका छन् । ्
पक्राउ परेका जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति हुन् ।
आज साँझ प्रहरीले जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार मुद्दा चल्ने भएको छ ।
बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ति र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेर घाइते बनाएका थिए ।
घाइते प्रहरीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाईते प्रहरीको ट्रामा सेन्टमार उपचार भएको थियो ।
जोशीको समूहले गरेको आक्रमणबाट वरिष्ठ हवल्दार जगुलाल घर्तिको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ । प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार मुद्दा चल्ने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस्: