Bagmati Samachar Logo

माओवादीले तोक्यो जिम्मेवारी : प्रचण्डलाई स्कुल, जनार्दनलाई संगठन विभाग प्रमुख (पूर्णपाठ सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी तोकेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्कूल विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै उपमहासचिव गिरीराजमणि पोखरेललाई उपप्रमुख बनाइएको छ।

आइतबार जारी गरेको परिपत्र अनुसार अन्तर्राष्ट्रिय विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएको छ । उपप्रमुखमा उपाध्यक्ष पम्फा भुसाल र पार्टी सचिव राम कार्कीलाई जिम्मेवारी दिइएको छ।

यस्तै अर्का उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्यव्यवस्था मामिला संयोजक बनाइएको छ।
उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

अर्का उपमहासचिव जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । उपाध्यक्ष अग्नी सापकोटालाई वर्गीय संगठन समन्वय संयोजक, प्रेस सेन्टर र आइसिटी फोरम इञ्चार्ज तथा प्रवक्ताको जिम्मेवारी दिएको छ ।