बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
लामिछानेमाथि साहारा सहकागी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए । चितवन अदालतले पनि रवि सहकारी ठगीको कसूरमा संलग्न नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: