नयाँ जिम्मेवारीसहित पूर्वउपराष्ट्रपति पुन माओवादीमा सक्रिए

काठमाडौं । संवैधानिक पदको लाभ लिएर पुन राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपनि नन्दबहादुर पुनले माओवादीमा नयाँ जिम्मेवारी पाएका छन् । पुनलाई माओवादीले उत्पादन क्षेत्र हेर्नेगरी संयन्त्र बनाएर त्यसको जिम्मा लगाउने भएको छ । सोमबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको हो । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका पुन राजनीतिमा सक्रिए हुने भन्दै यस अघि नै माओवादीका केन्द्रीय बैठकहरुमा सहभागी हुँदै आएका थिए । यद्यपी पुनको माओवादीमा पुन कमब्याकको पार्टीमा विरोध हुँदै आएको पनि छ । पुनसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि राजनीतिमा फर्कने चर्चा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: