Bagmati Samachar Logo

देशभरीका प्रमुख उपप्रमुखहरुको भेला गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला गर्दै छ ।

माओवादी पार्टीको तर्फबाट जितेका पालिका प्रमुख तथा उपप्रमुखहरुको भेला गर्न लागेको मोआवादीले जनाएको छ । सोमबार काठमाडौंमा बसेको पदाधिकारीको बैठकले आफ्नो पार्टीबाट स्थानीय तहमा जितेका प्रमुख तथा उपप्रमुखहरुको भेला गर्ने निर्णय गरेको हो । उक्त भेला फागुन ९ गते गर्ने निर्णय माओवादीले गरेको छ ।
माओवादीले देशभरीमा १ सय २३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको छ ।