Bagmati Samachar Logo

सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ, भेटियो ५५ करोड बराबरको कारोबार

काठमाडौं । सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका व्यक्ति पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राई छन्।

उनले बेटिङ गेम खेलाउने, क्रिप्टोको कारोबार गर्ने गरेको आरोप छ। प्रहरीले उनको ७५ वटा बैंक, १२८ वटा इसेवा वालेट र बाइनेन्स आइडीको अनुसन्धान गर्दा ५५ करोड २० लाख ८४ हजार ७१ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको एसपी आचार्यले बताए।

उनीबाट सिम कार्ड, राउटर, ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ बुक चेक, ४२ वटा एटिएम बरामद भएको छ।

उनको एउटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीमाथि प्रहरीले मुलुकी अपराध संहित २०७४को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र दफा २६२ ९क० १ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान हुने भएको छ।

प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।