पोखराबाट काठमाडौँ ल्याइयो छविलाई, यसपछि रविको पालो
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल बन्जाडेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पोखराबाट काठमाडौँ ल्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जोशीलाई मंगलबार बेलुका काठमाडौँ ल्याइपुर्याइएको जानकारी दिए।
ब्ुधबारबाट उनको बयान लिने तयारी प्रहरीले गरेको छ ।
उनको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पोखराबाट काठमाडौँ ल्याउने तयारी प्रहरीले गरेको छ।
लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्। कार्तिकमा पहिला बन्जाडेर पछि लामिछानेलाई सहकारीको विषयमा बयान लिन बुटवल लगिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: