Bagmati Samachar Logo

रविलाई आज भैरहवा राखिने, भोलि बिहान कास्की पठाइने

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बिहीबार) भैरहवा नै राखिने भएको छ । उनलाई भोलि (शुक्रबार) बिहान कास्की पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका एसपी रञ्जित राठौरका अनुसार आज जिल्ला प्रहरी कार्यालयमा नै राखिने र भोलि बिहान कास्की पठाउने भएका छन् । प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।

रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याएको थियो । सहकारीको रकम हिनामिनाबारे अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले तीन दिनसम्म बयान लिएको छ ।

मंगलबार बयानकै लागि पोखराबाट भैरहवा ल्याइएका लामिछानेले रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा ७४ वटा प्रश्न सामना गरे ।