बागमतीमा भागबण्डा पुगाउन मन्त्रालय फुटायो , प्रदेश स्थापनाको ७ वर्षमा दोब्बर मन्त्रालय
हेटौंडा । बागमती प्रदेश सरकारको आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बागमतीमा अब सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएको छ । कांग्रेस एमालेको नेतृत्वमा सरकार बनेको साढे ३ महिनामा मन्त्रालय फुटाएर १४ वटा पुर्याएका छन् ।
सपथ लिएको १११ दिनदेखि बिनाविभागीय रहेका कांग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो । यद्यपि, आजको मन्त्रिपरिषद्ले श्रेष्ठलाई जिम्मेवारी तोेकेको छ ।
प्रतिक्रिया दिनुहोस्: