कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको सरकारले यसपटक भने ६ बुँदे स्पष्टीकरण सोधेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ६ बुँदे स्पष्टीकरण सोधिएकोमा घिसिङले त्यसको जवाफ भने दिइसकेका छैनन् । ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । हिजोका लागि उक्त बैठक बोलाइएको भए पनि बैठक बस्न सकेको थिएन ।
पछिल्लो समय केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै सरकार र घिसिङबीच टसल परिरहेको छ । त्यसैको पछिल्लो क्रममा सरकारले स्पष्टीकरण सोधेको हो । यसअघि प्राधिकरणसँग छलफल नै नगरी प्रधानमन्त्रीले विद्युतसम्बन्धी बैठक राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्: