पूृर्वमन्त्री मनाङे पक्राउ
काठमाडौं । पूर्वमन्त्री दिपक मनाङे पक्राउ परेका छन् । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री मनाङे काठमडौंबाट पक्राउ परेका हुन् । उनलाईलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङे पक्राउ परेका हुन् । मनाङे समूहले ०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्: