माओवादी बैठक ः स्थानीय तहमा सिफारिस उम्मेदवार अनुमोदन, एक्लै उपनिर्वाचन लड्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सापकोटाले बताए ।
यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले बताए । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ ।
बैठकले मङ्सिर मसान्तसम्म पालिकासम्म खबरदारी सभा गर्ने र सम्मेलन सँगसँगै गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: