बागलुङ दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत

काठमाडौं । बागलुङ दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।
सोमबार बिहान जैमिनी नगरपालिका ७ बाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले बताए ।
ग २ च ९२४७ नम्बरको पिकअप भ्यान सडकदेखि एक सय मिटर तल खसेको थियो।
मृत्यु हुनेमा बागलुङ जैमिनी ८ केवई बस्ने ३८ वर्षीय चालक महेन्द्र पुन, २० वर्षीया रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् ।
दुर्घटनामा केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्: