ताजा अपडेट
समाचार

संसदीय सुनुवाइ समितिबाट निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश अनुमोदन

संसदीय सुनुवाइ समितिबाट निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो।

प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो। सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए।

निरौलामाथि दुइटा उजुरी आएको थियो।

ती उजुरीमाथि जबाफ दिएका निरौलाले आफू मुख्य रजिस्ट्रार भएका बेला न्यून बेरूजु भएकोले पुरस्कार पाएको र सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का प्रक्रिया सम्बन्धमा आफू संलग्न नरहेको बताए।

आफू मुख्यन्यायाधीशमा नियुक्त भएको दुई महिनापछि सर्वोच्चको भवन निर्माणको प्रक्रियाबारे निर्णय भएकोले यसमा संलग्न नरहेको उनको भनाइ छ।

निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको, सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो। समितिमा पाण्डेविरूद्ध कुनै उजुरी परेको थिएन।

पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…