पोखरीमा कार खस्दा दुईजनाको मृत्यु

काठमाडौं । सर्लाहीमा कार पोखरीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा खसेको कारमा सवार दुईको मृत्यु भएको हो । सशस्त्र प्रहरीको गोताखोरले खसेको कार निकाल्दा दुई जनाको शव पेला परेको हो ।
मृत्यु हुनेमा महोत्तरी गौशाला नगरपालिका–१० सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । कारमा सवार अर्का एक व्यक्ति भने पौडिएर बाच्न सफल भएका छन् ।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान पोखरीमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्: