पाँच वर्षपछि मोदी सी भेटवार्ता

काठमाडौं । पाँच वर्ष पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्टपति सि जीन पिगंबीच भेटवार्ता भएको छ । रुसको कजानमा ब्रिक्स सम्मेलनमा सहभागी हुन गएका मोदी र सीबीच भेट वार्ता भएको हो । बिबिसीका अनुसार उनीहरुबीच करिब ५० मिनेट छलफल भएको हो । मोदीको साथमा भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्री जयशंकर पनि वार्तामा सहभागी भएको बिबिसीले जनाएको छ । भेटमा क्षेत्रीय तथा विश्व शान्तिको लागि भारत र चीनबीचको सम्बन्ध महत्वपूर्ण भूमिका रहेको बारे दुई नेताबीच छलफल भएको हो । दुई देशबीचको सम्बन्धका लागि एक अर्काको सम्मान, आपसी सहकार्य र विश्वासको वातावरण निर्माणबारे पनि उनीहरुबीच कुरा भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
दुई देशबची रहेका विवादहरुलाई सुल्झाउन दुबै नेता सकारात्मक भएको पनि जनाइएको छ । भेटमा दुबै नेताले दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: