Bagmati Samachar Logo

एमालेले मीनबहादुरले दान गरेकाे जग्गा लिने विषयमा आवाज उठाएका रावल, पाण्डे र तिमिल्सिनासँग  सोध्यो स्पष्टीकरण

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालयका लागि १० रोपनी जग्गा दिएको विषयमा असन्तुष्टि जनाएका नेताहरूसँग नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । आइतबार बसेको एमाले सचिवालयको बैठकले नेता भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी महासचिव शंकर पोखरेलले भनेका छन्, ‘आजको सचिवालयको बैठकले पार्टी निर्णय विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एकता र अनुशासन पार्टीको बल हो । सबै जना जिम्मेवार र अनुशासित बनौं ।’

गुरुङले दिएको जग्गामा एमालेले पार्टी कार्यालय बनाउने गरी शिलान्यास भएपछि विन्दा पाण्डे र तिमिल्सिनाले एमालेका पाँच लाख कार्यकर्ताको अपमान भएको टिप्पणी गरेका थिए । उनीहरूले यो निर्णय सच्याउनसमेत माग गरेका थिए ।