काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्ने चर्चा चलेको छ । सहकारी प्रक्ररणमा जोडिएको भन्दै लामिछाने पक्राउ पर्ने बताइएको छ । आज प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रवि पक्राउ पर्न सक्ने उनले संकेत गरेका हुन् । केही दिन अघि प्रधानमन्त्री सहित शेरबहादुर देउवा लगायतको बैठकका कुुरा सुनाउदै रवि पक्राउ पर्न सक्ने प्रचण्डले संकेत गरेका हुन् । सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।




प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…