Bagmati Samachar Logo

विपक्षी दलको बैठकमा सत्तारुढ दलको नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रले डाकेको विपक्षी दलको बैठक बसिरहेको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आफ्नै संसदीय दलको कार्यकक्षमा डाकेको बैठकमा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नेताहरु सहभागी भएका छन् । विपक्षी दलहरुलाई बोलाइएको भनिए पनि सत्तारुढ दलमा रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

यस्तै बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन्।साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन्।