सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना घाइते, ४ को अवस्था गम्भीर

काठमाडौं । बिहीबार बिहान नेपालगन्जबाट रुकुम पश्चि जाँदै गरेको गाडी सल्यानमा दुर्घटना भएको छ । गाडिमा सवार २० जना मध्य चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपालगन्जबाट यात्रु लिएर रुकुम पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेली खोलास्थित देवस्थान चौरजहारी भित्री सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्सपेक्टर रेशमबहादुर खत्रीले जानकारी दिए
उनले भने, दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकाले उपचारको लागि बाहिर पठाएका छौँ।’
आज बिहान ४ बजे ब्रेक फेल भएपछि गाडी भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा रुकुमको चौरजहारी नगरपालिका १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ का सन्तोष राना, बसन्त भारती,गीता बुढा, बसन्ता भारती, कुमाख गाउँपालिका १ की बिष्णु चन्द, घनश्याम केसी, पारस भारती, सम्झना भारती, हरि सुनार, विनोदनाथ योगी, विनितानाथ योगी, सलिना शाही, दिपकनाथ योगी, सुजाता बुढाथोकी र बिन्दु लमिछाने घाइते खत्रीले बताए ।
घाइतेमध्ये ३२ वर्षीया गीता बुढाथोकी र ३३ वर्षीय त्रिलोचन गिरीसहित चार घाइतेको अवस्था गम्भीर छ।
गम्भीर घाइतेलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ। अन्यको चौरजहारी मिसन अस्पतालमा उपचार भैरहेको खत्रीले जानकारी दिए।
दुर्घटनापछि गाडी चालक कुमाख गाउँपालिका ३ का २२ वर्षीय वसन्त बुढाथोकी फरार भएका प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस्: