माओवादी केन्द्र एक्लै चुनाव लडेर जित्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन एक्लै लड्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले प्रचण्डले उक्त कुरा बताएका हुन । प्रचण्डले स्थानीय तहको मात्र नभएर ०८४ को निर्वाचन पनि माओवादी केन्द्र एक्लै लडेर जित्ने दाबी गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौ भन्ने आधार देशभरि घुमेर देखेको छु ।’ उनले भने ।
फरक प्रसङ्गमा उनले बाढी पहिरोजस्ता विपदमा सबै एक हुनुपर्ने बताए । उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले भने, ‘यस्तो विपदमा आलोचना गर्ने भन्दा पनि सबै मिलेर काम गर्नु पर्छ । सरकारले पनि उद्दार , राहत र पुनः स्थापनाको काम युद्धस्तरमा गर्नु पर्छ ।’
प्रतिक्रिया दिनुहोस्: