राहत कोषमा कांग्रेसले हस्तान्तरण गर्यो ५० लाख रुपैयाँ
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।
सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको निर्णयअनुसार कांग्रेसले बाढीपहिरो र डुबानपीडितका लागि कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको हो ।
सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्री ओलीलाई बुझाएका छन्।
प्रधानमन्त्री ओलीले कांग्रेसले दिएको सुझाव मननीय भएको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस्: