देश बाढी र पहिरोबाट आक्रान्त बनीरहेको बेला प्रधानमन्त्री ओलीले अमेरिकामा आफूले गरेका काम गनाए
काठमाडौं। राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिकामा गरेका कामको फेरहस्ती लगाएका छन् ।
देश बाढी पहिरोले आक्रान्त बनेको समयमा प्रधानमन्त्री ओलीले भने १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरेका छन् ।
ओलीले संवेदनशील समयमा विरोधका लागि विरोध गरको भन्दै आक्रोस पनि पोखेका छन् ।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’
उनले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको भन्दै असन्तोष जनाए । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं। सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’
ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह गरे । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन् ।
प्रधानमन्त्रीको कुरा यो भइहाल्यो । प्रधानमन्त्री बाहेक अरु त सबै नेपालमै थिए । खोई सरकार देखिएको ? नागरिकले राज्य नभेटेको भनेर आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: