Bagmati Samachar Logo

उमेर हदको विवाद भएपछि प्रचण्डसँग छलफल गर्न अखिल क्रान्तिकारीका पदाधिकारी खुमलटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् ।

आइतबार बसेको माओवादीको पदाधिकारी बैठकले विद्यार्थी संगठनमा उमेर हदल लगाउने निर्णय गरेको छ । पार्टीले उमेर हद लगाउने निर्णय गरेपछि विद्यार्थीहरुले सम्मेलन हलमा नारा जुलुस लगाएका एक प्रतिनिधिले बताए । ती प्रतिनिधिले भने,‘पार्टीले ३२ वर्षे उमेर हद लगाएपछि यता सम्मेलन हलमा एक पक्षले नाराजुलुस गरेका छन् । उमेर हद लगाउनु हुदैन भन्ने र लगाउनु पर्छ भन्नेमा सम्मेलन
हल विभाजीत भएको छ ।’
विद्यार्थीका प्रतिनिधिहरु अहिले अध्यक्ष प्रचण्डसँग छलफलमा रहेकन प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका थियो ,। तर पार्टीको निर्णय र विद्यार्थी संगठनको विधान बाझिएपछि सम्मेलनको कार्यतालिका नै अन्यौल भएको एक पदाधिकारीले बताए ।
आज दिउसोसम्म विधान र प्रतिवेदन पास गरेर नेतृत्वको छनोटका लागि बेलुकादेखि निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी थियो । तर उमेर हदले नयाँ विवाद थपिएको छ ।

पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाक्षिहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । अहिलेका नेतृत्वका आकांक्षिहरु सबै उमेर हदको विरुद्धमा छन् । जसकारण यसमा सहमति हुने सम्भावना नरहेको एक अध्यक्षको आकांक्षि बताउछन् ।