Bagmati Samachar Logo

अमेरिकाबाट प्रधानमन्त्री ओलीले भने– वर्षा पूर्ण रूपमा रोकिन भोली दिउँसोसम्म लाग्ने अनुमान छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर बाढी र पहिरोले निम्त्याएको विपद्को सामना गर्न सुरक्षाकर्मीहरूलाई सक्रिय रूपमा खटाइएको जानकारी गराउँदै सबै नागरिकलाई उद्धारमा सहयोग गर्न आह्वान गरेका छन् ।

प्रधाानमन्त्रीले शनिवार अमेरिकाबाट फेसबुकमा लेख्दै भनेका छन्, ‘वर्षाले क्षति पुर्‍याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतका सरकारी अधिकारीहरूसँग उद्धारका प्रयासहरूका लागि समन्वय गरिए छ । सरकारले सोही योजनाअनुसार देशैभर हजारौँ उद्धारकर्मीहरू तैनाथ गरेको छ ।’
तर ललितपुरमा नै सरकारले उद्दार नगरेपछि स्थानीय बासीले तीन जनाको उद्दार गरेका छन् । तर गृहमन्त्री भने उद्दार गर्न सर्किन भन्दै दुख मनाउ गदै बसेका थिए । सरकारले ललितपुरको नख्खु खोलाले बगाउदा पनि उद्दार गर्न सकेन ।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरू कार्य क्षेत्रमा खटिरहनु भएको छ । विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ । तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ ।’

उनले प्रभावित क्षेत्रहरूको जानकारी तत्काल सुरक्षा निकायलाई उपलब्ध गराउन आग्रह गर्दै, उद्धारका प्रयासहरूलाई सहयोग पुर्‍याउन सबै पक्षलाई आग्रह गरेका छन् । ओलीले आफूले मौसमविद्सँग परामर्श गरेको र वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने अनुमान गरिएको पनि उल्लेख गरेका छन् ।