पहिरोमा बेपत्ता एन्फाका ६ खेलाडीको शव भेटियो
हेटौंडा । मकवनापुरको इन्द्रसरोवर गाउँपालिका ३ मा मा पहिरोमा परी बेपत्ता भएका ६ जना बालकको शव भेटिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब ५ घण्टाको खोजीपछि ६ जनाको शव फेला पारेको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा एन्फाले राखेको युथ–१४ क्याम्पकाका ३७ जना खेलाडीमध्ये ६ जना पहिरोमा परी बेपत्ता भएका थिए । वत्सला माविमा होस्टलसहित उनीहरूलाई आवासीय दैनिक प्रशिक्षणमा राखिएको थियो ।
प्रहरीका अनुसार अनुसार सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, निजगढका विकल रेग्मी र दिवस बानियाँ र मकवानपुरका अनुप घलान र सुमन योञ्जन पहिरोमा परेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोमा पुरिएको विद्यार्थीहरूको शव निकालेर पोस्टमार्टमको लागि काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: