अखिल क्रान्तिकारीमा शर्मा र पुन समुहबीच प्रतिस्पर्धा बलियो
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्डले विधि र प्रक्रिया पूरा गरी जो नेतृत्वमा आएपनि स्वीकार्य हुने बताएका छन् ।
प्रचण्डले विद्यार्थीहरुलाई विधि र नितिमा रहेर भए सर्वसम्मत नभए निर्वाचनबाट नेतृत्व चयन भनेका छन् ।
,
प्रचण्डले भने,‘मैले नेतृत्वका आकांक्षि सबैलाई भेटेर छलफल गरेको छु । कसैलाई पनि यो यो लाई नेतृत्वमा ल्याउनु पर्छ भनेको छैन । भनदैन ।सर्वसम्मतको लागि सहजीकरण गर्नु परेमा पार्टीले गर्ने छ । तर गुट बनाएर यो यो लाई भोट हाल भनेर अरु नेताहरुले पनि भन्ने छैनन् । प्रतिनिधिले भोटहालेर जसलाई जिताएपनि संगठनको नेता हुन् । पार्टीले स्वीकार्ने छ ।’
नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा प्रचण्डले आफूले कुनै गुटको वकालत नगर्ने बताएका छन् ।
पुर्नउदयको तयारीमा शर्मा समुह
२१ औं सम्मेलनमा पनि क्रान्तिकारीले निर्वाचनबाट नेतृत्व चयन गरेको थियो । त्यो पनि किर्तिपुरमाको यहि हलबाट ।
त्यो समयमा पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको क्रान्तिकारीमा शर्मा र पुनबीच नै प्रतिस्पर्धा भएको थियो । शर्माका उम्मेदवार आफ्नै भाइ अनिल शर्मा थिए भने पुनका उम्मेदवार रञ्जित तामाङ । निर्वाचन तामाङले जिते । शर्माले हारे ।
२१ औँ सम्मेलनको हारको बदला लिने रणनीतिमा अहिले शर्मा गुट छ । शर्मा गुटका विद्यार्थीहरु जसरी पनि नेतृत्वअध्यक्षमात्र होइन पुरा पदाधिकारी नै जित्ने गरी आन्तरिक तयारीमा लागेको शर्मा निकट एक विद्यार्थीले बताए । ती विद्यार्थीले भने,‘२१ औँ सम्मेलनको बदला यहि किर्तिपुरबाट लिएर जानु छ । पदाधिकारी सहित नेतृत्वमा जित्नेगरी लागेका छौँ ।’
हारको बदला लिने तयारी गरेको शर्मा गुटबाट अध्यक्ष को हुने भन्ने कुरा भने अहिलेसम्म निर्णय भइसकेको छैन । शर्मा गुटबाट चार जना अध्यक्षको आकांक्षि छन् । तर अहिलेसम्म शर्माले पनि कसैलाई घोषणा गरेको छैनन् । जसका कारण उनकै गुटका विद्यार्थीहरु अध्यक्षको उम्मेदवार को हो भन्नेमा दोधारमा छन् । दाबेदारमा मदन भुल, क्षित सापकोटा, नारायण खनाल र मदन भट्टराई रहेका छन् । यसमा प्रमुख भुल र खनाल मानिन्छन् ।
जितेको निरन्तरताको तयारीमा पुन
जितको निरन्तरताको तयारीमा पुन रहेका छन् । किर्तिपुरबाट नै पहिलो पटक आफू निकट तामाङलाई जिताएका थिए । अहिले पनि उनले आफू निकट अध्यक्षलाई जिताएर जितको निरन्तरता चाहन्छन् । पुन निकट एक विद्यार्थी नेताले भने,‘हामीहरु २१ अा सम्मेलनको निरन्तरता चाहन्छौँ । हाम्रोमा उम्मेदवारका विवाद छैन । एक जनामात्र अध्यक्षको दाबेदार हुनु हुन्छ । उहाँले उम्मेदवारी दिनु हुन्छ । हाम्रो अहिले नै सेटमा छ ।’
पुन गुटबाट अध्यक्षमा दीपेश पुन सर्वसम्त जस्तै छन् । अरु टिम भोलीसम्म मिलाउने तयारीमा यो पक्षको तयारी छ । अरु गुटबाट टिकट नपाएकाहरुलाई पनि समेटेर टिम बनाउने रणनीतिमा यो पक्ष देखिन्छ ।
शर्मा पक्षबाट टिकट नपाएको असन्तुष्ट पक्षलाई पनि आफू तर्फ ल्याउनेगरी आन्तरिक तयारी गरेको पुन निकट एक विद्यार्थी नेताले बताए । ती विद्यार्थीले भने,‘अर्को पक्षमा टिकट कसले पाउछ भन्ने नै टुङगो छैन । त्यहि भएर अध्यक्षबाहेक हामी अरुलाई समेटेर जानेगरी छलफल भएको छ ।’
नारायणकाजीका उम्मेदवार बलिया संगठन कमजोर
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वमाओवादीबाट नै असन्तुष्ट पक्षलाई आफ्नो पक्षमा ल्याएका छन् । तर उनको पक्षमा एक्लै निर्वाचनमा परिणामा ल्याउन सक्ने अवस्था नरहेको विद्यार्थी नेताहरु बताउछन् । २२ औँ सम्मेलन सकि लगतै समानान्तर कमिटी बनाएर गतिविधि चलाएका तत्कालीन उपाध्यक्ष पवन कार्की श्रेष्ठ पक्षबाट उम्मेदवार बनेका छन् । तर उनको समुह बलियो नभएको उनी निकट एक विद्यार्थी नेता बताउछन् । ती नेताले भने,‘संगठनलाई चाहिने नेता पवन हुन् । तर संगठन छैन । गुटको लडाईमा अध्यक्ष कमरेडले समर्थन गरेमात्र हो । तर पनि अध्यक्ष उठ्नु हुन्छ ।’
महासचिव गुरुङ संगठनभित्र आफ्नो मत परिक्षण
२१ औँ सम्मेलनमा महासचिव निर्वाचनबाट नै जितेको यो पक्षले अहिले अध्यक्षमा नै दाबी गरेको छ । संगठन कमजोर भएपनि वौद्धिक नेताको छवि बनाएका नरेश रेग्मी यो समुहका अध्यक्षका उम्मेदवार हुन् ।
तत्कालीन रामबहादुर थापा बादल समुहबाट आएका रेग्मी अध्ययनशिल नेतामा पर्छन् । तर एक्ला एक्लै लड्दा संगठन कमजोर हुदा उनको व्यक्तिगत छविलेमा अध्यक्ष जित्न सक्नेमा उनकै पक्षका नेताहरु ढुक्क छैनन् ।
२१ औँ सम्मेलनमा पुन समुहसँग मिलेर गुरुङ समुहले महासचिव जितेका थिए । यो सम्मेलनमा पनि श्रेष्ठ र गुरुङ मिल्ने सम्भावना पनि हरेको कार्की समुहका विद्यार्थी नेता बताउछन् । तर रेग्मीले आफू पछाडि नहट्ने आफू निकटलाई बताउदै आएका छन् ।
आन्तरिक रुपमा सबै समुहहरुले प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । पुन,श्रेष्ठ र गुरुङ पक्षहरुले उम्मेदवार सहितको प्रचार प्रसार गरीरहेका छन् भने शर्मा पक्षले शर्मा पक्षको जो उम्मेदवार भएपनि आफ्नो समुहले जित्नु पर्ने भन्दै प्रचार प्रसारमा लागेका छन् ।
भोलीबाट बन्दसत्र सुरु हुने छ । भोली प्रतिवेदन प्रस्तुत हुने छन् । त्यपछि समुह बनाएर छलफल गर्ने छन् । अन्तिमा नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्: