Bagmati Samachar Logo

साहारा सहकारी ठगी प्रकरणमा जीबी राई विरुद्ध चितनवमा पनि मुद्दा दर्ता

काठमाडौं । सहकारी ठगेर फरार रहेका गीतेन्द्रबाबु राई (जीबी) विरुद्ध जिल्ला अदालतल चितवनमा ्सहकारी ठगी गरेको भन्दै मुद्दा दर्ता भएको छ । चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी कसुरमा उनीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष राईसहित, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ ठगी भएको निस्कर्ष सहित मुद्दा दायर भएको छ । प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

सहकारीसम्बन्धी विशेष संसदीय छानबिन समितिले विभिन्न सहकारी ठगीमा जीबीको संलग्नता रहेको निष्कर्ष निकाल्दै उनलाई कारबाहीको सिफारिस गरेको छ । उनी अहिले फरार छन् ।