Bagmati Samachar Logo

प्रचण्डलाई भेटेपछि मिश्रले भने, राजा महेन्द्र भिजनरी नेता रहेछन् भन्ने प्रचण्डको बुझाइ पाएँ

काठमाडौं । पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई व्यग्यात्मक नै सही प्रशंसा गरेको सुनिने रविन्द्र मिश्र आज खुमलटार पुगेका छन् । अध्यक्ष प्रचण्डसँगको फोटो सेयर गर्दै उनले समाजिक सञ्जाल ट्वीटमा प्रचण्डले गरेको टिप्पणी भन्दै लेखेका छन्, ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका भिजनरीु राजा रहेछन्।
केहीदिन अघि अहिलेको संविधान माओवादीकै भएको भन्दै कांग्रेस एमालेको आलोचना गरे पनि मिश्रले अहिलेको परिस्थितिको जिम्मेवार माओवादी र प्रचण्ड नै भएको टिप्पणी गरेका थिए । आज खुमलटार पुगेर उनले प्रचण्डसँग भेट्दै देशलाई निकास दिन यो व्यवस्था फेर्न पनि सुझाव दिए । यद्यपी प्रचण्डले उनको कुरा र प्रस्ताबबारे स्वीकार नगरेको उनैले ट्वीट गरेका छन् । माओवादीप्रति अलि बढी आक्रामक देखिने राप्रपाका नेता मिश्र अहिलेको व्यवस्था फालेर राजसंस्थासहितको व्यवस्थामा जानुपर्ने खरो पक्षपाती हुन् । उनले ट्वीटमा अर्को पनि भनेका छन्, ‘यदि तत्कालीन राजा ज्ञानेन्द्र बैसठी त्रिसठीको आन्दोलनताका अली नरम भइदिएको भए राजसंस्था रहन पनि सक्ने प्रचण्डको बुझाइ छ ।’