दुर्लभ रक्तसमुदाय चितवनको राष्ट्रिय भेला सम्पन्न
नेपाल दुर्लभ रक्तसमुदाय चितवनको आयोजनामा चितवनमा राष्ट्रिय भेला सम्पन्न भएको छ । असोज ३ गते संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न उद्घाटन सभामा अतिथि लायन्स क्लब अफ डिस्ट्रीक ३२५ आर का पुर्व गभर्नर राम प्रसाद भट्टले लायन्स TU Blood बैंकको बारेमा र बिशिस्ट अतिथि वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले रगत , रक्तदान को महत्त्व यसका व्यवस्थापनका बारेमा बताए । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेलले रेडक्रसको रगत ब्यवस्थापनमा योगदानका बारेमा जानकारी दिए । असोज ४ गते संस्थाकै अध्यक्षको अध्यक्षतामा विभिन्न जिल्ला बाट पुगेका जिल्ला संयोजक र प्रतिनिधिहरुको भेलाले संस्थाका संस्थापक सचिव पुष्पराज शर्मा को संयोजकत्वमा २५ सदस्यीय केन्द्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । सात प्रदेशको प्रतिनिधित्व सहितको सो समितिले २०८२ पौष मसान्त भित्र केन्द्रिय महाधिवेशन गर्ने गरि तयारी गर्ने चितवन जिल्ला सचिव राजमणी नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्: