Bagmati Samachar Logo

संवैधानिक परिषदमा सहमति नजुट्दा प्रधानन्यायाधीश सिफारिस अनिर्णित

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिससहित रिक्त संवैधानिक पदमा सिफारिस गर्नको लागि बसेको संवैधानिक परिषदको बैठक बिना निर्णय टुङ्गीएको छ । बालुवाटारमा बसेको परिषद बैठक कुनै निर्णय नगरी टुङ्गीएको हो ।

संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको उपसभामुख इन्दिरा रानाले बताइन् । पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीय बनेको उनले बताइन् ।

उनलेभ भनिन्, ‘उहाँको नाममा लगभग सहमति छ । तर, आजै हतारमा निर्णय नगरौँ भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ ।’
अर्को बैठक ३१ भदौमा बस्ने सहमति भएको छ ।