माओवादीले संविधान संशोधनमा नोट अफ डिसेन्ट लेखेका विषय उठाउने तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्दा आफूले संविधान निमार्ण गर्दा नोट अफ डिसेन्ट लेखेका विषय उठाउने तयारी गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले माओवादी संविधान संशोधनको विरोधी नभएको तर जनताका अधिकार कटौती गर्ने होइन कि थप्नेगरी संशोधन गर्न तयार रहेको ब्रिफिङ गरेका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘बैठकमा माओवादी संविधान संशोनको विपक्षमा छैन । तर संशोधन जनताको अधिकार कटौती गर्न होइन, अधिकार थप्न । माओवादीले संविधान निमार्ण गर्दा नोट अफ डिसेन्ट लेखेका विषय समावेश गर्न तयार छ । दुईदलीय व्यवस्था ल्याउन, थ्रेस होल्ड बढाउन होइन ।’
बैठकमा केही सांसदले समसामयिक विषयमा जिज्ञासा राखे पनि प्रचण्ड मात्र बोलेका सांसद सूर्यमान दोङले जानकारी दिए । उनले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘हामीले संसदमा व्यवस्थित ढंगले जानुपर्छ । हिंसा शब्द रेकर्डबाट नहटाउन्जेल विरोध गरेर जानुपर्छ, प्रतिवाद गरेर जानुपर्छ । जनयुद्धलाई जसरी अपमानित गर्ने काम भएको छ, त्यो स्वीकार्य हुँदैन । हाम्रो माग पूरा नहुँदासम्म अवरोधलाई निरन्तरता दिनुपर्छ ।’
प्रचण्डले बैठकमा संवैधानिक आयोगका नियुक्तिका विषयमा तीन दलबीच छलफल जारी बताएका थिए । उपसभामुख इन्दिरा रानामगरले नियतवस राजदूतावासलाई पत्र नलेखेको भन्दै उनको बचाउ गरेका थिए । प्रचण्डले ुभुलवस भएको कुरालाई ठूलो बनाएर कांग्रेस र एमाले जान खोजेको छन् । हामीले त्यसको बचाउ गर्नुपर्छु भनेको सांसद नारायणी शर्माले बताइन् । उनले भनिन्, ‘अध्यक्षजीले उपसभामुखले नियतवस त्यस्तो गर्नुभएको होइन । यसलाई ठूलो विषय बनाउनुपर्ने पनि थिएन । तर पनि हामीले यसबारेमा पदाधिकारीबाट निर्णय गर्छौँ ।’ माओवादीले विधेयकका विषयमा अध्ययन गर्न कार्यदल बनाउने र विज्ञसँग छलफल गरेर जाने निर्णय गरेको शर्माले बताइन् ।
बैठकले संसदको अवरोध जारी राख्नेसमेत निर्णय गरेको छ । १२ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले ुमाओवादीहिंसा’ भनेपछि उत्पन्न विवादमा सभामुख देवराज घिमिरेले सो ुहिंसाु शब्द संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएपछि माओवादीले संसद अवरोध गर्दै आएको छ । घिमिरेले भदौ २६ मा बसेको प्रतिनिधिसभा बैठकमा संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका थिए ।
संसदमा माओवादीलाई अपमानित गर्ने र शब्दमा खेल्ने काम भएको र दुईतिहाइको नाममा जसरी उपसभामुखलाई हटाउने कुरा छ त्यसको प्रतिवाद गर्न प्रचण्डले निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले भने, ‘सरकारले दुईतिहाइको दम्भमा उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्नेछौँ । बागमती नदी किनारबारेको सर्वोच्चको फैसलालाई लिएर सरकार भ्याकेटमा गैसक्नुपर्थ्यो अहिलेसम्म गएको छैन । छिटो जान माग गर्छौँ ।’
राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ । अर्कोमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: