ताजा अपडेट
राजनीति

लिपुलेकमा नेपालको दाबी पुग्दैनु भनेपछि मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

लिपुलेकमा नेपालको दाबी पुग्दैनु भनेपछि मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ।

गत भदौ २५ गते एक टेलिभिजन कार्यक्रमा उनले लिपुलेकबारे राखेको भनाइबारे पार्टीले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको हो।

उपमहासचिव चौधरीलाई सोधेको स्पष्टिकरणमा भनिएको छ,‘गत भदौ २५ गते साँझ प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमा तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ उसको दाबी पुग्छ, भारतले लिन पाउँछ (कालापानी र लिपुलेक) भारतको हो नि भन्नुभएको रहेछ। अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै छ। त्यस विपरीत, मुलुकको अखण्डता र सर्वभौमसत्ताविरूद्ध तपाईंले किन बोल्नुभएको हो ? यसबारे ३ दिन भित्र लिखित रू पमा स्पष्टीकरण दिनु होला।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…