Bagmati Samachar Logo

‘सोचेझैँ जिन्दगी रैनछ’ गीतकी गायिका मधु क्षेत्रीको दोस्रो बिहे पनि एक वर्षमै संकटमा पतिले घरेलु हिंसा गरेको आरोप

काठमाडौं । ‘सोचेझैँ जिन्दगी रैनछ’ गीतकी चर्चित गायिका मधु क्षेत्रीको जिवन अहिले आफैले गाएको गीत झै भएको चर्चा चलिरहेको छ । जिन्दगी सोचेझैँ नहुने सन्देशसहित गाइएको यो गीत अहिले उनै मधुको जीवन मिलेको सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

दोस्रो विवाह गरेर अष्ट्रेलिया बसाइ सरेकी मधु क्षत्री अहिले तनावमा छिन्, तनावको कारण हो उनको दोस्रो वैवाहिक जीवन पनि सहज नहुनु । उनले आफू अहिले श्रीमानबाट घरेलु हिंसामा परेको मंगलबार टिकटकमार्फत बाहिर ल्याएकी छिन् । ६ महिनाअघि मात्रै पहिलो बिहेलाई टुंग्याएर दोस्रो विवाह गरेकी थिइन् ।
संगीत क्षेत्रलाई पूर्णविराम दिँदै सुरेश खड्कासँग दोस्रो बिहे गरेर अस्ट्रेलिया बसाई सरेकी थिइन ।त्यहि उनी फेरि तनावमा परेकी हुन् । मधुको दोस्रो सम्बन्ध पनि संकटमा परेको खुलासा उनैबाट भएको छ ।

उनले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । नेपालको सांगीतिक करिअरलाई बिट मार्दै अस्ट्रेलिया पुगेकी उनले दुई दिनअघि टिकटक लाइभबाट पति सुरेशसँग सम्बन्ध बिग्रिएको र आफूले हिंसा भोगिरहेको बताएकी हुन् ।

मधुकै अनुसार अहिले उनी गर्भवती छिन् । मधुले मध्यरात लाइभका क्रममा आफूलाई पति सुरेशले कुटपिट र गाली गर्ने गरेको खुलाएकी छन् ।

‘उसको दाजुले पनि मेरो पेटको बच्चा उसको भाइको होइन भन्छन् रे ? म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो’, उनले टिकटक लाइभमा भनेकी छन् ।

मधुले घरका अन्य सदस्यहरूका कारण आफूलाई पति सुरेशले हेला र हिंसा गर्ने गरेको बताएकी छन् । एक वर्षअघि सुरेशसँग बिहे गरेकी उनी ६ महिनापहिले अस्ट्रेलिया गएकी थिइन् ।

सुरुमा अस्ट्रेलियामा पतिसँगै बस्थिन् तर ४ महिनामै सुरेशले छाडेको उनको भनाइ छ । मधु अस्ट्रेलियामा दोस्रो पति सुरेश तथा उनका छोरा, दाजुभाउजू र उनीहरूकी छोरीसहित बस्थिन् । उनकी १८ वर्षीया छोरी पनि अस्ट्रेलियामै छिन् । आफ्नी छोरी राति ११ बजे घर फर्किँदा पति सुरेशले लिन नगएको गुनासो मधुले टिकटकमा गरेकी छन् ।

‘मध्यरातमा केटाहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर ऊ ९सुरेश० लिन जाँदैन । कस्तो माया नलागेको रु दाजुकी छोरी लिन भने जाँदो रहेछन् । मेरी छोरीले देख्ने डरले गाडी पनि पर राख्दोरहेछन ।’

उनले २०८० असारमा अस्ट्रेलियामा बसोबास गर्ने सुरेशसँग विवाह गरेकी थिइन् । जुन कुराको पुष्टि उनैले गरेकी थिइन् । उनले टिकटकबाट बिहेबारेका केही भिडियो पनि सार्वजनिक गरेकी थिइन् ।

उनले दोस्रो बिहेपछि टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट मधु सुरेश बनाएकी थिइन् । एक टिकटक भिडियोमा त्यसबेला उनले आफूले भगवान जस्तै श्रीमान् पाएको पनि बताएकी थिइन् । तर उनै भगवान् जस्ता श्रीमान्ले आफूलाई घरेलु हिंसा गरेको आरोप मधुले एक वर्ष नबित्दै लगाएकी छन् ।

पहिलो पतितर्फ मधुकी एकजना १८ वर्षीया छोरी छन् । मधु बाल्यकालदेखि नै गायनमा लागेकी थिइन् । उनले ठाडीभाका, देउडा, लोक र तीजका गीत गाएर चर्चा कमाएकी छन् ।