Swornakshar Logo

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश

काठमडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार प्रक्रिया पूरा गरेको सो मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो । सो मेडिकल कलेज स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंको हो ।

प्रसाईंले सम्बन्धन पाउनुपर्ने दाबीसहित रिट दायर गरेका थिए । सर्वोच्चले प्रसाइको पक्षमा रिट जारी गरेको हो । सम्पूर्ण भौतिक संरचना बनिसकेपछि सरकारले सो मेडिकल कलेजलाई सम्बन्धन दिएको थिएन ।

डा. गोविन्द केसीले सो कलेजलाई सम्बन्धन नदिन भन्दै आन्दोलन गरेका थिए । त्यसपछि सरकारले सम्बन्धन दिएको थिएन । उनले सम्बन्धन लिन माओवादीदेखि एमालेसम्मलाई रिझाएका थिए । कहिले माओवादी त कहिल एमाले बनेर राजनीतिमा सक्रिय बनेका थिए । तर कलेजले सम्बन्धन नपाएपछि पछिल्लो समयमा राजा ल्याउनु पर्ने भन्दै अभियान चलाएका थिए ।