Swornakshar Logo

युवा सांस्कृतिक मंच हेटौडाले होलि पर्वको अवसरमा सांस्कृति कार्यक्रम गर्ने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका २ मा रहेको युवा सांस्कृतिक मंच हेटौडाले हिन्दुहरुको विशेष चाड होलि पर्वको अवसरमा २२ गते सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नेपालको परम्परागत हिन्दुहरुको विशेष चाड होलि पर्वको अवसरमा स्थानीय व्यक्ति एवम् कुनै संघ संस्थालाई बाधा नपर्ने गरि सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको युवा सांस्कृति मंचले जानकारी दिएको छ ।

२२ गते दिनको १ बजेदेखि सांझ ५ बजेसम्म हेटौडा बडा नं २ स्थित मकवानपुर उद्योग वाणिज्य संघको छेउ, देवीपथमा विविध सांस्कृतिक कार्यक्रम हुने युवा मंचले जनाएको छ ।
सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पनि पुरा भइसकेको जनाइएको छ । शान्ति सुरक्षामा असर नपर्ने गरि स्थानीय प्रशासन सँग समन्वय गरि कार्यक्रम संचालन गर्न सहमति लिइसकेको छ ।