Swornakshar Logo

मकवापुरमा घरमा लुकाएर राखेको अफिमसहित युवक पक्राउ

हेटौंडा । मकवानपुरको ईलाका प्रहरी कार्यालय मनहरीले घरमा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

मनहरी ६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घिसिङलाई लुकाएको अफिम सहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गएको टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १ किलोग्राम अफिम फेला पारेको कार्कीले बताए ।

घिसिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले छ ।