Swornakshar Logo

हेटौंडा औद्योगी महोत्सवमा शान्तिश्रीले दर्शकलाई नचाइन दर्शक

हेटौंडा । हेटौंडामा जारी औद्योगीक मेलामा आज आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिएकी छन् । आजको प्रस्तुतिमा उनले बोल माया।।।, लाउन्न दाजै पिरती।।।, भीर मौरी भीरैमा।।।, गलबन्दी च्यातियो।।।, ए फुलमाया यता आइजो।।।, हिमाल फुल हिउँमै सरेको।।।, सोल्टी बजारमा।।।, नयाँ नयाँ लुगा फेरे लगायत थुप्रै गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै आजै गायक सुजील कर्माचार्यले भुमो भुमा।।।, मानिलेउ संसारकै तिमी राम्री लगायतका गीतहरु प्रस्तुत गरेका थिए

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आइतबार करिब ६ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको बाह्रौं दिन आइतबार करिब ४० लाख बराबरको कारोबार भएको अनुमान संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए ।

महोत्सवको अन्तिम दिन भोली सोमबार चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भएको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । आइतबार आइडलबाट राजेश दर्नाल बाहिरेका छन् भने बाकीँ ५ जना फाइनल प्रवेश गरी आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् ।

११ गते सुरु भएको महोत्सव माघ २३ गते सोमबार सम्म सञ्चालन हुनेछ । महोत्सवमा आज आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह(प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप ९हुण्डाई० रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह(आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।

महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।