Swornakshar Logo

हेटौंडा अस्पतालमा सिटिस्क्यान सेवा सुरु

हेटौंडा। मकवानपुरको हेटौंडा अस्पतालमा आईतबारबाट सिटिस्क्यान सेवा सुरु भएको छ ।

सिटिस्क्यानका लागि निजि क्लिनिक वा बाहिरी जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित अस्पतालमा उक्त सेवाको शुभारम्भ गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

उनका अनुसार, अस्पतालले १२८ स्लाइसको सिटिस्क्यान मेसिन संचालनमा ल्याएको छ । उक्त सेवा अब १४ सै घण्टा उपलब्ध हुनेछ ।

बागमती प्रदेश सरकारले दिएको मेशिन अस्पतालको नयाँ भवन संचालन भएपनि कर्मचारी अभावका कारण संचालनमा आउँन सकेको थिएन ।

यस्तै, अस्पतालले अब छिट्टै एमआरआई सेवा पनि संचालन गर्ने व्यवस्थापन समिति सदस्य चौलागाईंले बताए । त्यसको लागि आवश्यक तयारी भइरहेको उनको भनाई छ ।