ताजा अपडेट
राजनीति

नक्सा पारित भयो, अब भूमि फिर्ता लिनुपर्छ : नारायणकाजी श्रेष्ठ

नक्सा पारित भयो, अब भूमि फिर्ता लिनुपर्छ : नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा बनाउनु ऐतिहासिक कोसेढुंगा भएको बताएका छन्।

उनले सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुंगा बनेको पनि बताए।

मन्त्रिपरिषदको सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ।

उक्त नक्सा सरकारले केही दिनमा सार्वजनिक गर्दैछ।

प्रवक्ता श्रेष्ठले अबको मुख्य काम आफ्नो भूमि फिर्ता लिइछाड्नु रहेको बताएका छन्।

मंगलबार ट्वीट गर्दै श्रेष्ठले भूमि फिर्ताका लागि राष्ट्रिय एकतासाथ सबैले अघि बढ्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…