Bagmati Samachar Logo

”सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार छु “किसान श्रेष्ठ

काठमाडौं । ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफू र अर्का सांसद महेश बस्नेतमाथि लागेको सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसधभाको बैठकमा बोल्दै उनले आफुहरुलाई लगाइएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन पनि चुनौती दिए । यहाँ म लगायत माननीय महेश बस्नेतको चरित्र हत्या गर्ने जुन कसरत भएको छ त्यो पुष्टी भए सम्पूर्ण माननीय जी हरुलाइ साछी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेहरुलाई चुनौती दिन चाहन्छु– यदि प्रमणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु ।’

समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई आफ्ना पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरेको श्रेष्ठ र बस्नेतविरुद्ध उजुरी दिएका थिए । तयसतर्फ लक्षित गर्दै श्रेष्ठले प्रतिनिधि सभा बैठकमा भने, के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् त ? ’

सरकारले केही समय ल्याएको राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएको थियो । त्यस लगत्तै प्रधानमन्त्रीकै निर्देशनमा नेकपाका सांसदहरु श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद सुरेन्द्र यादवलाई अपहरण गरेर समाजवादी पार्टी फुटाउन खोजेको आरोप लाग्दै आएको छ ।

यहि आरोप लिएर समाजवादीका नेताहरुले जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका थिए ।

तर प्रहरीले मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।