Bagmati Samachar Logo

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि दोसी – प्रचण्ड

काठमाडौं । २८ वैशाख, आईतबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् ।

प्रचण्डले सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब मिल्दैन । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको बताय ।’

भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो ।

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिएको भए पनि ठोस रुपमा पहल भने हुन नसकेको बताएका छन् ।

सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित हो तर पत्रले मात्र नपुग्ने धारणा राखेका छन् ।

उक्त लेटर नीतिगत रुपमा, सैद्धान्तिक रुपमा, भावनात्मक रुपमा पनि ठीक छ । त्यो लेटरमा जो ओरेन्टेसन दिइएको ठिकछ तर लेटर मात्रै ठीक भएर हुँदैन। त्यो एक्सन पनि ठीक हुनुपर्‍यो भन्ने माननीय सदस्यहरुको भावना विलकुल सही ।’भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए ।

कालापानीमा भारतीय सेना झण्डै ६०र६५ वर्ष पहिल्यैदेखि बसिराखे पनि यो समस्या समाधानका लागि किन विगतदेखि नै पहल हुन सकेन भन्ने विषयमा विश्लेषण हुनुपर्ने प्रचण्डले बताए । यस विषयमा पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।