Swornakshar Logo

संसदमा बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । २६ वैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै डा.भट्टराईले जीर्ण शरीरलाई आराम दिन पनि प्रधानमन्त्री ओलीले राजीनामा दिन उपयुक्त हुने सुझाव दिए ।

द्वन्द्वकालीन मुद्दा समाधानका लागि सरकारले भूमिका नखेलेको तर पार्टी विभाजन गराउनका लागि अध्यादेश ल्याएको भन्दै आक्रोश पोखे ।
उनले कोही कति समय सत्तामा बस्यो भन्दा पनि त्यहाँ बसेर उसले के ग¥यो भन्ने महत्वपूर्ण हुने भन्दै अहिलेको सरकारको लक्षण राम्रो नदेखिएको टिप्पणी गरे ।