Bagmati Samachar Logo

विप्लव नेकपाका नेता विरही पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही पक्राउ परेका छन् ।

उनलाई चितवन प्रहरीले मंगलबार बिहान पक्राउ गरेको गृहमन्त्रालय स्रोतले जनाएको हो । उनी पछिल्लो समयमा पक्राउ पर्ने उच्च तहका नेता हुन् ।

चितवनको रत्ननगर नगरपालिका–५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए सोहि

सूचना पाएपछि गएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।तर प्रहरीले विप्वल समूहका एक जना नेता पक्राउ परेको भनेर जानकारी दिएपनि नाम खुलाएको छैन । नियन्त्रणमा लिए पनि उनको उपचार भने भइरहेको जनायको छ ।